(१) यो ऐनको उद्देश्य पूर्तिे गर्न र आफ्नो सबै काम कारवाई व्यवस्थित गर्न प्रत्येक संस्थानले आ–आफ्नो विनियम बनाउन सक्नेछ । तर त्यस्तो विनियम नेपाल सरकारबाट स्वीकृत नभएसम्म लागू हुने छैन ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी संस्थानले खास गरी देहायका विषयहरुमा विनियम बनाउन सक्नेछ :-
(क) संस्थानले गर्ने काम र त्यसको तरीका,
(ख) सञ्चालक समितिको कामको तरीका र कार्यविधि,
(ग) संस्थानका शाखा वा प्रशाखा सम्बन्धी कुराहरु,
(घ) संस्थानका कर्मचारीहरुको नियुक्ति, प्रमोशन, सुविधा, अनुशासन समेत सेवा सम्बन्धी अन्य शर्तहरु,
(ङ) संस्थानको कोषको सञ्चालन,
(च) संस्थानका तर्फबाट गरिने ठेक्का पट्टा वा करार गर्ने कार्यविधि र अधिकार
(छ) संस्थानको छाप चलाउने कार्यविधि, र
(ज) संस्थानले आफ्नो काम कारवाई सुव्यवस्थित रुपले चलाउन आवश्यक अन्य विषयहरु ।